बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

ओप्पोको शक्तिशाली फ्ल्यागशिप 'रेनो १५ फाइभ जी' नेपाली बजारमा

शुक्रबार, ०१ फागुन २०८२, १३ : १३
शुक्रबार, ०१ फागुन २०८२

काठमाडौँ । ओप्पो नेपालले आफ्नो  रेनो सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ओप्पो रेनो १५ फाइभ जी औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बिच सार्वजनिक गरिएको यस फोनले प्रिमियम स्मार्टफोन खण्डमा ओप्पोको उपस्थितिलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। 

आधुनिक प्रविधि, परिष्कृत डिजाइन र प्रयोगकर्ता केन्द्रित विशेषतालाई प्राथमिकता दिइएको यस फोनले उच्चस्तरीय स्मार्टफोन अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। नयाँ ओप्पो रेनो १५ फाइभ जी मा १२० हर्ज रिफ्रेस रेटसहितको ६.५९ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहेको छ जसले स्पष्ट र उज्यालो दृश्य अनुभव सुनिश्चित गर्छ। 

फोनको भित्री शक्तिलाई सुदृढ बनाउन यसमा क्वालकम स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ भने लामो समयसम्म टिक्ने ६५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ। छिटो चार्जका लागि फोनमा ८० वाटको सुपरभुक द्रुत चार्जिङ प्रविधि उपलब्ध छ जसले प्रयोगकर्ताको समय बचत गर्न सहयोग पुर्‍याउँछ।

फोटोग्राफीका सौखिनहरूका लागि यस फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा सहितको ट्रिपल रियर क्यामेरा प्रणाली समावेश छ। सेल्फी र भिडियो कन्टेन्ट सिर्जनाका लागि अगाडिपट्टि ५० मेगापिक्सेलको अल्ट्रा-वाइड फ्रन्ट क्यामेरा दिइएको छ जसले ४ के भिडियो रेकर्डिङलाई समेत समर्थन गर्छ।

गोरिल्ला ग्लास सेभेन आइ सुरक्षा र १२०० निट्सको उच्च चमक भएको डिस्प्लेले यसलाई मजबुत र भरपर्दो बनाएको छ। कलरओएस १६ मा आधारित यस स्मार्टफोनमा सुरक्षाका लागि इन-डिस्प्ले फिङ्गरप्रिन्ट र फेस अनलक सुविधा छ।

भविष्यको प्रविधिलाई ध्यानमा राख्दै फोनमा फाइभ जी नेटवर्क, वाइफाइ सिक्स र ब्लुटुथ फाइभ पोइन्ट फोर जस्ता विशेषता राखिएका छन्।  यो फोन अब नेपालभरका ओप्पो अधिकृत स्टोर तथा आधिकारिक साझेदार च्यानलमार्फत खरिदका लागि उपलब्ध हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप