इरानसँगको तनावबिच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर फोर्ड, र यसको एस्कर्ट जहाजहरू क्यारिबियनबाट पश्चिम एसियामा तैनाथ गरिरहेको न्युयोर्क टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमलाई लिएर वासिङ्टन र तेहरानबिच वार्ता चलिरहेको समयमा इरान विरुद्ध सैन्य कारबाही कै बिच तैनाथी विकास भएको जनाइएको छ । हाल अमेरिकाले इरान माथि आफ्नो आणविक कार्यक्रमलाई लिएर सम्झौता गर्न दबाब बढाइरहेको छ ।
न्युयोर्क टाइम्सले नाम न छाप्ने सर्तमा चार जना अमेरिकी अधिकारीहरूले तैनाथी पुष्टि गरेको जनाएका छन् । युएसएस फोर्ड स्ट्राइक समूहको नयाँ अर्डरले यसलाई पर्सियन खाडीमा युएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक समूहमा सामेल गन जनाइएको छ ।
युएसएस लिङ्कन विमान वाहक मिसाइल दुई हप्ता भन्दा पहिले पश्चिम एसियामा आइपुगेका थिए । अमेरिकी समाचारले युएसएस फोर्डको लडाकु विमानहरूले जनवरी – ३ मा काराकसमा भएको आक्रमणमा भाग लिएको र राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको रिपोर्ट गरेको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटपछि ट्रम्पले इरानले ’मिडनाइट ह्यामर’ प्रहार गरेकाले सम्झौतामा पुग्न असफल भएको उल्लेख गर्दै तेहरानले यस पटक . जिम्मेवार तरिकाले कार्य गर्ने आशा गरेको बताएका छन् ।
सन् २०२५ जुन–२१ मा, “अपरेसन मिडनाइट ह्यामर“ अन्तर्गत, संयुक्त राज्य अमेरिकाले इरानी आणविक पूर्वाधार विरुद्ध आक्रमण गरी फोर्डो, नातान्ज र इस्फहानका तीन प्रमुख स्थलहरूलाई लक्षित गरेको जनाइएको छ ।
इरानले भने अमेरिकाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रको बडापत्रको खुल्लमखुल्ला उल्लङ्घन गरेको भन्दै कारबाहीको माग गरेको छ । इरानी अधिकारी अली लारिजानीले अल जजिरासँगको अन्तर्वार्तामा ओमानमा वासिङ्टनसँग अप्रत्यक्ष वार्ता भइरहेको र संयुक्त राज्य अमेरिकाबाट अहिलेसम्म कुनै प्रस्ताव प्राप्त नभएको बताएका छन् ।
वार्ता प्रक्रियामा वासिङ्टनको प्रवेशलाई “तर्कसंगत मार्ग“ तिर अघि बढ्ने सङ्केतका रूपमा वर्णन गर्दै संयुक्त राज्य अमेरिकाले इरान प्रति सैन्य विकल्प भन्दा फरक दृष्टिकोण अपनाउनु पर्ने निष्कर्षमा पुगेको लारिजानीले उल्लेख गरेको इरानी मिडियाले जनाएको छ ।
यसबाहेक, उनले इरानलाई ऊर्जा र औषधिको उत्पादनका लागि संवर्धन आवश्यक रहेको भन्दै “शून्य संवर्धन“ को छलफललाई अस्वीकार गरेका छन् । उनले “यदि संयुक्त राज्य अमेरिकाले आक्रमण गर्यो यसको सैन्य आधारहरूलाई लक्षित गर्ने चेतावनी दिएको इरना समाचार एजेन्सीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण