सरकारको नेतृत्व गर्नेगरी राजनीतिमा आएका हौँ : कुलमान घिसिङ
काठमाडाैँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरुले सरकारको नेतृत्व गर्न चाहेको बताएका छन् । आइतबार काठमाडाैँमा पार्टीको चुनावी घोषणा सार्वजनिक गर्दै उनले सरकारको नेतृत्व गर्नका लागि नै राजनीति गरिएको बताएका हुन् ।
अध्यक्ष घिसिङले सिंगै देशको समस्या समाधानका लागि संसदमा रहेर पनि आफ्नो पार्टीले सशक्त आवाज उठाउने बताउने बताए । उनले सरकारमा गएपछि पार्टीले चुनावी घोषणा पत्रमा उल्लेख गरिएका अनुसारको काम गर्ने समेत बताए।
अध्यक्ष घिसिङले भने, ‘सबैले राजनीति गर्ने भनेको फेरी पनि सरकारको नेतृत्व गर्नका लागि नै हो । र त्यो सँगसँगै समाजमा देखिएका र देशको समस्यालाई समग्रमा विपक्षमा बसेर पनि र संसदको एउटा सशक्त प्रतिनिधि भएर पनि धेरैले धेरै आवाज उठाइरहेको हुन्छ । अब सरकारको नेतृत्व गर्नका लागि नै राजनीतिक दल खोलेको हुन्छ । राजनीतिमा आएको हुन्छ । त्यो नेतृत्व गर्नका लागि हामी सरकारमा जान्छौँ । र यो यो प्रतिवद्धता पूरा गर्छौ भनेर भन्छौँ ।’
अध्यक्ष घिसिङले मुलुकको समृद्धिका लागि जलविद्युतको उत्पादनमा जोड दिइएको समेत बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण