१० बजे १० समाचार : ‘ओलीले फेरे झापा–५ मा रणनीति’देखि ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि’सम्म
आज २०८२ फागुन ३ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ओलीले फेरे झापा–५ मा रणनीति, मतदातासँग रास्वपाको पाँच बुँदे नागरिक करार, राप्रपाको घोषणापत्रमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित प्रलोपाको घोषणापत्र सार्वजनिक, उज्यालो नेपाल पार्टीको घोषणापत्रमा के छ ?, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धतासहित नेमकिपाले ल्यायो घोषणापत्र, सेना दिवस र महाशिवरात्रि पर्व मनाइयो, पेट्रोलियम पदार्थको मूल्य बढ्यो लगायत छन् ।
१. ओलीले फेरे झापा–५ मा रणनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आफ्नो परम्परागत चुनावी रणनीति फेरेका छन् । रास्वपाका बालेन शाहसँगको प्रतिस्पर्धामा ओली परम्परागत रणनीति फेर्न विवश भएका हुन् ।
२. मतदातासँग रास्वपाको पाँच बुँदे नागरिक करार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदातासँग पाँच बुँदे नागरिक करार गर्ने भएको छ । प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा रास्वपाले यस्तो करार गर्ने भएको हो ।
३. राप्रपाको घोषणापत्रमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यदेखि लिएर दिगो पूर्वाधारका सपना सजाइएका छन् ।
४. प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसहित प्रलोपाको घोषणापत्र सार्वजनिक
प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्व समानुपातिक निर्वाचन प्रणालीसहितका लक्ष्य समेटेर घोषणापत्र सार्वजनिक गरेको छ ।
५. उज्यालो नेपाल पार्टीको घोषणापत्रमा के छ ?
कुृलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीदेखि ९ लाख रोजगारीको बाचासमेत गरिएको छ ।
६. भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धतासहित नेमकिपाले ल्यायो घोषणापत्र
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धतासहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो ।
७. सेना दिवस र महाशिवरात्रि पर्व मनाइयो
आइतबार सेना दिवस तथा महाशिवरात्रि पर्व मनाइएको छ । सेना दिवसका अवसरमा नेपाली सेनाले विविध कार्यक्रम आयोजना गरेको छ भने शिवरात्रिका अवसरमा शिवालयमा भक्तजनले पूजा अर्चना गरेका छन् ।
८. चुनाव प्रचारप्रसारका लागि यस्तो छ कांग्रेसको नीति
नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारका लागि विशेष नीति अख्तियार गर्ने भएको छ । आर्थिक सहयोग स्वेच्छिक रूपमा लिने, प्रचार सामग्री मर्यादित बनाउने लगायतका नीति कांग्रेसले अघि सारेको हो ।
९. वेस्ट इन्डिजसँग नेपाल पराजित
विश्वकप टी–२० क्रिकेटमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल ९ विकेटले पराजित भएको हो । योसँगै विश्वकपको सुपर–८ पुग्ने नेपालको सपना चकनाचुर भएको छ ।
१०. पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मटीतेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण