टी–२० विश्वकपमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित
काठमाडौँ । टी–२० क्रिकेट विश्वकपमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ । आइतबार मुम्बइस्थित वानखेड स्टेडियममा नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो ।
वेस्ट इन्डिजका लागि शाइ होपले ६१ रनको अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले ४६ रन बनाउँदा ब्रान्डन किङ्सले २२ रन जोडे ।
नेपालका लागि नन्दन यादवले एक विकेट लिँदा बाकी बलरले विकेट निकाल्न सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि सोमपाल कामीले २६ रनको योगदान गर्दा लोकेश बमले १३ रन जोडे ।
बलिङतफै वेस्ट इन्डिजका लागि जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण