रास्वपाको नागरिक करार पत्र सार्वजनिक
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी पाँच वर्षका लागि नागरिक करार सार्वजनिक गरेको छ।
- पार्टीले सदाचार, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवासलाई प्राथमिकतामा राखेको छ।
- रास्वपाले युवा पलायन रोक्न र विदेशमा रहेका नेपालीका लागि विभिन्न योजना अघि सारेको छ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षका लागि आफ्नो स्पष्ट मार्गचित्रसहितको नागरिक करार सार्वजनिक गरेको छ । नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पार्टीले पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित यो विशेष अवधारणा अघि सारेको हो।
रास्वपाले सदाचार, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवास गरी मुख्य पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू प्रस्तुत गरेको छ।
पार्टीले सदाचार र असल शासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचार विरोधी महाअभियानमार्फत पारदर्शी राज्य संयन्त्र निर्माण गर्ने सङ्कल्प गरेको छ । यस अन्तर्गत सरकारी सेवाहरूलाई पूर्ण रूपमा डिजिटल बनाउँदै सेवाग्राहीले भोग्नुपर्ने झन्झट अन्त्य गर्ने र वि.सं.२०४६ देखिकै उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना करारनामामा उल्लेख छ।
आर्थिक समृद्धितर्फ पार्टीले नेपालको प्रतिव्यक्ति आयलाई ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारलाई १०० अर्ब डलर पुर्याउने लक्ष्य लिएको छ । नागरिकको जन्मदेखि मृत्युसम्मका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न एकीकृत सामाजिक सुरक्षा र शतप्रतिशत बिमासहितको गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ।
युवा पलायनको समस्या समाधान गर्न रास्वपाले आगामी पाँच वर्षभित्र सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योगका क्षेत्रमा १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । पूर्वाधार विकासका सन्दर्भमा १५ हजार मेगावाट विद्युत् उत्पादन, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, विदेशमा रहेका नेपालीहरूको योगदानलाई कदर गर्दै उनीहरूका लागि अनलाइन मताधिकार र वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने विषयलाई पार्टीले विशेष जोड दिएको छ ।
रास्वपाले यदि आफूले एकल बहुमत पाएर पनि यी प्रतिवद्धताहरू पूरा गर्न नसकेमा, आगामी निर्वाचनमा नागरिकले राजनीतिक नैतिकताका आधारमा आफूहरूलाई सजाय दिन सक्ने र सो आफूहरूलाई मन्जुर हुने बताएको छ।
काबु बाहिरको परिस्थिति बाहेक सबै वाचा पूरा गर्ने प्रतिबद्धता जनाउँदै रास्वपाले यस दस्ताबेजलाई नागरिकको राजनीतिक विश्वासको ऋणको रूपमा व्याख्या गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण