रास्वपाको नागरिक करार : सदाचार र असल शासन प्राथमिकतामा
सारांश
- रास्वपाले फागुन २१ गते हुने निर्वाचनका लागि मतदातासँग पाँच बुँदे करार गर्ने भएको छ।
- उक्त करारमा लोकतान्त्रिक अधिकार र सुशासनको पक्षमा प्रतिबद्धता जनाएको छ।
- रास्वपाले सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार लगायतका विषयलाई प्राथमिकतामा राखेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदातासँग पाँच बुँदे करार गर्ने भएको छ ।
रास्वपा सभापति रवि लामिछानेले आइतबार सार्वजनिक गरेको उक्त करारमा विगतमा लोकतान्त्रिक अधिकारका लागि भएका सङ्घर्षहरूदेखि सुशासनको पक्षमा भएको जेनजी आन्दोलनको मर्मलाई आत्मसात् गर्दै मतदातासँग मत माग्दा मतदाताले मत दिएमा सो बापत बहुलवादी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समन्वयात्मक समावेशिता, सनातन सभ्यताको सम्मान गर्ने प्रतिबद्धता जनाउने उल्लेख छ ।
‘धार्मिक–सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य र “सौम्य शक्ति” को विस्तार गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै निम्न बमोजिमको प्रतिफल स्वरूप समुन्नति पाँच वर्षभित्र भुक्तान गर्ने सर्तमा यो नागरिक करार मञ्जुर गर्दछौँ’, रास्वपाले भनेको छ ।
उसले राखेका प्राथमिकतामा सदाचार र असल शासन,मध्यम वर्गीय विस्तार काम, काम, काम, कनेक्टिभिटी र प्रवास रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
-
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
-
रुस–युक्रेनबीच भीषण आक्रमण जारी, १० जनाको मृत्यु
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण