एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई आइतबार कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा बढ्दै गएको बताए ।
उनले आगामी प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसप्रतिको लहर उत्साहपूर्ण रहेको दाबी गरे । अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने शर्माको दाबी गरे ।
यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने उनको ठोकुवा छ । शर्माले भने, ‘नागरिकले नयाँ खोज्नुभएको हो भने जेनजी मुभमेन्टपछि नयाँ भएको कांग्रेस, परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो ।’
दैनिकजसो कांग्रेसमा समाहित हुनेहरूको सङ्ख्या वृद्धि भइरहेको दाबी गर्दै शर्माले कांग्रेस पहिला भन्दा बलियो बनेको बताए । कांग्रेस आफैँ बदलिएर समाज र देश बदल्न अग्रसर भएको उनले बताए ।
‘कसैले आफैँलाई बदल्न सक्दैन तर, देश बदल्छु भन्छ भने त्यसलाई पनि सुनौँला’, उनले भने, ‘तर जो आफूलाई बदल्न सक्छ त्यसले नै देश बदल्छ भन्ने मान्यता बमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्ने गरी अघि बढेको छ । दैनिक हजारौँ मानिसहरू कांग्रेसमा समाहित हुनुभएको छ ।’
चितवनबाट थालेको यात्रा पश्चिमका जिल्ला पुगेर काठमाडौँ फर्केका शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ताहरू एक ढिक्का भएर लागेको बताए ।
पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको शर्माको भनाइ छ । विशेष महाधिवेशनपछि बदलिएको कांग्रेसले आफूलाई अब्बल साबित गर्दै आएको छ । पार्टीले बुधबार ६ गते जनकपुरधामबाट पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण