बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईसीसी टी–२० विश्वकप

नेपाललाई हराउँदै वेस्ट इन्डिज सुपर आठमा

आइतबार, ०३ फागुन २०८२, १४ : २२
आइतबार, ०३ फागुन २०८२

सारांश

  • वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले हराएर टी-२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गर्यो।
  • वानखेडे क्रिकेट स्टेडियममा वेस्ट इन्डिजले १३४ रनको लक्ष्य १५ ओभर २ बलमा पूरा गर्यो, शाई होपले ६१ रन बनाए।
  • नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ५८ रन बनाए, तर नेपाल लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरियो।

काठमाडौँ । नेपाललाई हराउँदै वेस्ट इन्डिज आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा वेस्ट इन्डिजले नेपाललाई ९ विकेटले हराउँदै सुपर आठमा आफ्नो स्थान पक्का गरेको हो । 

वानखेडे क्रिकेट स्टेडियममा नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै १३४ रन बनायो ।  वेस्ट इन्डिजका लागि शाइ होपले ६१ रनको अर्धशतकीय पारी खेले ।

४४ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले ४६ रन बनाउँदा ब्रान्डन किङ्सले २२ रन जोडे ।  नेपालका लागि नन्दन यादवले एक विकेट लिँदा बाकी बलरले विकेट निकाल्न सकेनन् ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।  

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । नेपालका लागि सोमपाल कामीले २६ रनको योगदान गर्दा लोकेश बमले १३ रन जोडे । 

बलिङतफै वेस्ट इन्डिजका लागि जेशन होल्डरले सर्वाधिक चार विकेट लिए । त्यस्तै,अकेल हुशेन, म्याथु फोड, समार जोसेप र रोस्टोन चेसले एक एक विकेट लिए । आजको खेलमा जित निकाल्दै वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ । समूह ‘सी’को शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजको तीन खेलबाट ६ अंक छ । 

पराजित नेपाल भने लगातार तेस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्नेछ ।
 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप