आजदेखि दुई आईपीओको कारोबार सुरु
सालपामा सर्किट, रिलायन्समा २ प्रतिशत वृद्धि
सोमबार, ०४ फागुन २०८२, १२ : ४२
सारांश
- आजदेखि सेयर बजारमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिलको आईपीओको कारोबार सुरु भएको छ।
- सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ, भने रिलायन्सको सेयर मूल्य बढेको छ।
- नेप्सेको नयाँ व्यवस्था अनुसार दुवै आईपीओको सुरुवाती कारोबार मूल्य अधिकतम ३०० रुपैयाँ तोकिएको थियो।
काठमाडौँ । सेयर बजारमा दुई चर्चित आईपीओको कारोबार आजदेखि सुरु भएको छ । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिलको सेयर आजदेखि कारोबार सुरु भएको हो ।
नेप्सेको नयाँ व्यवस्था अनुसार दुवै आईपीओ सुरुवाती कारोबार मूल्य अधिकतम ३०० रुपैयाँ तोकिएको थियो । दुवै सेयर अधिकतम मूल्यमै कारोबार सुरु भएको थियो ।
तर, सालपा विकास बैंकले भने पहिलो सातवटा कारोबारमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म उक्त बैंकको १४ वटा कारोबार भएको छ । यसको आईपीओ प्रतिकित्ता १०० रुपैयाँमा बिक्री भएको थियो ।
रिलायन्सको भने अहिलेसम्म ७ वटा कारोबार भएको छ । यो कम्पनीको मूल्य सुरुवाती कारोबार भन्दा २ प्रतिशत बढेर ३०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसको आईपीओ प्रतिकित्ता ८२० रुपैयाँमा बिक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण