बेलायतमा एआई च्याट बोटमाथि कडाइको घोषणा
सारांश
- बेलायतका प्रधानमन्त्रीले बालबालिकालाई जोखिममा पार्ने एआई च्याटबोटहरू विरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन्।
- नयाँ नियमअनुसार, सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने सम्भावना छ।
- यो कदम एलन मस्कको एक्स प्लेटफर्ममा रहेको ग्रोक च्याटबोटमार्फत बनाइएका विवादास्पद तस्बिरपछि आएको हो।
लन्डन । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले बालबालिकालाई जोखिममा पार्ने कृत्रिम बौद्धिकता (एआई)मा आधारित च्याटबोटहरू विरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन् ।
सरकारका अनुसार एआईमार्फत बनाइने अवैध र अश्लील सामग्री नियन्त्रण गर्न नयाँ नियम ल्याइनेछ । सोमबार सार्वजनिक गरिएको योजनाअनुसार सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने सम्भावनासहित सार्वजनिक परामर्श सुरु गर्ने तयारी गरेको छ ।
मार्चदेखि सुरु हुने यो परामर्शले सामाजिक सञ्जालको न्यूनतम उमेर सीमा निर्धारण र भीपीएन प्रयोग गरेर अश्लील सामग्री पहुँच गर्ने कार्य रोक्ने उपायसमेत अध्ययन गर्नेछ । प्रविधि द्रुत गतिमा परिवर्तन भइरहेकाले कानुन पनि त्यसअनुसार अद्यावधिक हुनुपर्ने स्टार्मरले बताए ।
उनका अनुसार नयाँ अधिकारले सरकारलाई प्रविधिको विकाससँगै छिटो प्रतिक्रिया दिन सहयोग पुर्याउनेछ, जसले हरेक पटक नयाँ कानुन बनाउन लामो संसदीय प्रक्रिया कुर्नु नपर्ने बताइएको छ । प्रस्तावित नियमअनुसार सबै एआई च्याटबोट सेवा प्रदायकले डिजिटल सुरक्षा कानुन पालना गर्नुपर्नेछ ।
विशेष गरी व्यक्तिको सहमति बिना यौनजन्य तस्बिर वा सामग्री सिर्जना गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिनेछ । यो कदम एलन मस्कको एक्सको प्लेटफर्ममा रहेको ग्रोक च्याटबोटमार्फत बनाइएका विवादास्पद तस्बिरपछि आएको हो ।
यी उपायहरू हाल संसदमा छलफल भइरहेको अपराध तथा बाल संरक्षण सम्बन्धी कानुन संशोधनमार्फत लागू गर्ने योजना सरकारले बनाएको छ । बेलायतको यो कदम अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई इन्ष्टाग्राम, फेसबुक, टिकटक र युट्यूबजस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि विश्वभर बढ्दो चिन्तासँग सम्बन्धित मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण