पेस्तोलसहित एक जना पक्राउ
सोमबार, ०४ फागुन २०८२, १७ : ५३
काठमाडौँ । प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार काठमाडौँको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेक प्वाइन्टमा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा प्रहरीले पेस्तोल फेला पारेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार उक्त कारमा कालो रङको झोलाभित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा एक थान पेस्तोल र चार राउण्ड गोलीसहित कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरीलाई नियन्त्रणमा लिइएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण