शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने, बालेनप्रति हर्क साम्पाङको तिखो टिप्पणी

सोमबार, ०४ फागुन २०८२, २२ : ००
सोमबार, ०४ फागुन २०८२

आज २०८२ फागुन ४ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने, बालेनप्रति हर्क साम्पाङको तिखो टिप्पणी, घोषणापत्र सार्वजनिकको सवालमा कांग्रेस र रास्ववा विकेन्द्रित, ओली आएपछि अस्पतालको सेवा बन्द, भ्रष्टाचार मुद्दामा ७ जनालाई सफाइ लगायत छन् ।

१. रवि लामिछानेविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने
रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नहुने नभएको छ । सोमबार कास्की जिल्ला अदालतले रविविरुद्धको मुद्दा तत्काल फिर्ता नहुने आदेश जारी गरेको हो ।

२. बालेनप्रति हर्क साम्पाङको तिखो टिप्पणी
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्वमेयर हर्क साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहप्रति तिखो टिप्पणी गरेका छन् । सोमबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बालेनलाई ‘खतरनाक’ संज्ञा दिए ।

३. घोषणापत्र सार्वजनिकको सवालमा कांग्रेस र रास्ववा विकेन्द्रित
प्रतिनिधि सभाको आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने सवालमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी विकेन्द्रित भएका छन् । कांग्रेसले मधेसबाट र रास्वपाले कर्णालीबाट घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । 

४. निर्वाचन सुरक्षामा केन्द्रबाट थप १३ हजार प्रहरी खटिने
प्रतिनिधि सभा निर्वाचनका क्रममा केन्द्रबाट विभिन्न जिल्लामा थप १३ हजार प्रहरी परिचालन हुने भएका छन् । फागुन १० गतेसम्ममा केन्द्रबाट जाने प्रहरी टोली सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

५. ओली आएपछि अस्पतालको सेवा बन्द
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनाव प्रचारको क्रममा सोमबार दमक अस्पताल पुग्दा केहीबेर अस्पतालको सेवा बन्द भएको छ । ओली आएपछि काउन्टर, फार्मेसी लगायतका सेवा केहीबेर बन्द भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

६. चुनाव क्षेत्रको चर्चा
प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै रातोपाटीले दैनिक रूपमा विभिन्न निर्वाचन क्षेत्र केन्द्रित समाचार स्टोरी प्रकाशित गर्दै आएको छ । सोही अनुसार सोमबार प्रकाशित केही समाचार पढ्नुहोस्–

७. भ्रष्टाचार मुद्दामा ७ जनालाई सफाइ
विशेष अदालतले भ्रष्टाचार मुद्दामा कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई सफाइ दिएको छ ।

८. मन्त्रिस्तरीय निर्णयबाट सचिव पद सिर्जना !
लुम्बिनी विकास कोषमा कानुन विपरीत मन्त्रीस्तरीय निर्णयबाट नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको दरबन्दी सिर्जना गरेर नियुक्ति दिँदै आएको तथ्य सार्वजनिक भएको छ ।

९. राष्ट्र बैंक ऐन संशोधनको तयारी
सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन प्रक्रिया बढाएको छ । देशको केन्द्रीय बैंकलाई समयसापेक्ष बनाउन अर्थ मन्त्रालयले विधेयकको मस्यौदा तयार पार्दै यसमा सरोकारवाला र सर्वसाधारणसँग एक साता समय दिएर सुझाव मागेको छ ।

१०. कर्णालीको बजेट खर्चमा भएन सुधार
कर्णाली प्रदेशको बजेट खर्चमा सुधार आउन सकेको छैन । चालु आर्थिक वर्षको ७ महिनासमम १९ अर्बभन्दा बढी विकास बजेटमध्ये १ अर्ब ८८ करोड रुपैयाँमात्र खर्च भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप