शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

सोमबार, ०४ फागुन २०८२, १९ : ०६
सोमबार, ०४ फागुन २०८२

सारांश

  • विशेष अदालतले कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यक्रमको रकम हिनामिना गरेको आरोप लगाएको थियो।
  • तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका व्यक्तिहरूले पेश्की रकमको बिल भरपाई पेस नगरेको आरोप थियो।

काठमाडौँ । विशेष अदालतले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।

साेमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू महेन्द्र प्रसाद यादव, रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुलसीराम पौडेल र लेखा सहायक गिरिराज गौतमलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारीसहित ७ जना विरुद्ध स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम काम सम्पन्न नगरी र बिल भरपाई पेस नगरी हिनामिना गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

यादवले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म पटक–पटक लिएको पेस्कीमध्ये ४६ लाख ७ हजार तीन सय रकम बराबरको बिल भरपाई पेस नगरी र सो रकम फिर्ता नगरी सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग थियो ।

पुरानो पेश्की फर्छ्यौट नभएको अवस्थामा पनि नियम विपरीत थप पेश्की दिने र आपसी मिलेमतोमा सरकारी रकम हिनामिना गर्न सहयोग गरेको आरोपमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, कृष्ण प्रसाद तिमिल्सिना र परमेश्वर यादव विरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप