मृतकको परिवारलाई पाँच लाख क्षतिपूर्ति
मङ्गलबार, ०८ साउन २०७५, १३ : ४३
हुम्ला– करेन्ट लागेर मृत्यु भएकी एक महिलाको परिवारलाई स्थानीय प्रशासनले रु पाँच लाख ३५ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ ।
गत शुक्रबार करेन्ट लागेर मृत्यु भएकी सीमिकोट गाउँपालिका–२ ठेहेकी ४५ वर्षीया जसी भण्डारीको परिवारलाई सो रकम क्षतिपूर्तिस्वरुप उपलब्ध गराइएको हो ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा बसेको सर्वदलीय बैठकले मृतकको परिवारलाई क्षतिपूर्ति रकम तथा परिवारको एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्ने निर्णय गरेको हो ।
विद्युतको तार सट भई करेन्ट लाग्दा स्थानीयवासी कलदरी भण्डारी, धनपुरी बोहरा, देवकली बोहरा र कर्णबहादुर बोहरा घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण