प्रधानमन्त्रीका आकांक्षीलाई कांग्रेसको चुनौती : दम छ भने गगन थापासँग खुला बहस गर
सारांश
- मधेस प्रदेश सभापति यादवले प्रधानमन्त्रीका आकांक्षीहरूलाई गगन थापासँग खुला संवाद गर्न चुनौती दिए।
- यादवले प्रधानमन्त्री पदका दाबी गर्ने व्यक्तिहरूलाई गगन थापासँग भिजनबारे संवाद गर्न आग्रह गरे।
- कांग्रेसले भोलि धनुषाबाट चुनावी घोषणापत्र सार्वजनिक गर्ने र यसपटक 'प्रतिज्ञापत्र' नाम दिइएको छ।
जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रधानमन्त्रीका अन्य आकांक्षीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापासँग खुला संवाद गर्न चुनौती दिएका छन्।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले नेपाली कांग्रेस जुनसुकै राजनीतिक चुनौतीको सामना गर्न तयार रहेको भन्दै सबै दलका प्रधानमन्त्रीका उम्मेदवारहरूलाई सार्वजनिक बहसका लागि आह्वान गरेका हुन्।
यादवले प्रधानमन्त्री पदको दाबी गर्ने जोकोहीले पनि गगन थापासँग एउटै मञ्चमा उभिएर भिजनका बारेमा संवाद गर्नुपर्ने बताए। ‘यदि कसैले आफूलाई प्रधानमन्त्रीको योग्य उम्मेदवार ठानेको छ भने कांग्रेसका प्रधानमन्त्री उम्मेदवार गगन थापासँग खुला संवाद गरोस्,’ यादवले भने, ‘हामी सबै दलका उम्मेदवारहरूलाई सार्वजनिक बहसका लागि निम्तो दिन चाहन्छौँ।’ उनले कांग्रेसले अबको नेतृत्वका लागि स्पष्ट भिजन अघि सारेको दाबी समेत गरे।
यसैबीच, नेपाली कांग्रेसले भोलि बुधबार मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ को नाम दिएको छ, जुन ‘भिजन १०’ को थिममा आधारित रहेको यादवले जानकारी दिए। उनले धनुषामा हुने विशेष सभामा सहभागी भई शीर्ष नेताहरूको सम्बोधन सुन्न र मुलुक निर्माणको जिम्मेवारी बोध गर्न सबै नागरिकलाई अपिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण