बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बङ्गलादेशका प्रधानमन्त्री रहमानसँग परराष्ट्रमन्त्री शर्माको भेटवार्ता

मङ्गलबार, ०५ फागुन २०८२, २३ : २५
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानबीच भेटवार्ता भयो।
  • भेटमा प्रधानमन्त्री रहमानले शपथग्रहणमा सहभागी भएकोमा शर्माप्रति आभार व्यक्त गरे।
  • प्रधानमन्त्री रहमानले नेपालको आसन्न निर्वाचनका लागि शुभकामना दिए।

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमान बिच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री रहमानले आफ्नो शपथग्रहण कार्यक्रममा सहभागी भएकोमा मन्त्री शर्माप्रति आभार व्यक्त गरेका छन् ।

बङ्गलादेशमा यसै साता सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएको हो । विद्यार्थी विद्रोहको करिब डेढ वर्षपछि चुनाव सम्पन्न गर्दै देशले नयाँ नेतृत्व पाएको छ ।

भेटका क्रममा प्रधानमन्त्री रहमानले नेपालको आसन्न निर्वाचनप्रति शुभकामना व्यक्त गरेका छन् । 

बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष रहमानले मंगलबार देशको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । उक्त शपथग्रहण कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा सोमबार ढाका पुगेका थिए ।

Bangladesh pm vet 1 (2)Bangladesh pm vet 1 (1)

तस्बिर: नेपाली राजदूतावास, ढाका 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप