सरकार जसले पनि बनाउँछ, अहिलेको प्रश्न देश कसले बचाउँछ भन्ने हो : विश्वप्रकाश शर्मा
सारांश
- उपसभापति विश्वप्रकाश शर्माले देश कसले बनाउँछ भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताए।
- उनले कांग्रेस सुशासनका लागि गोलमेच सम्मेलन गर्न तयार रहेको जनाए।
- शर्माले जेनजीका मुद्दा सम्बोधन नभए अल्फाको नेतृत्वमा विद्रोह हुने चेतावनी दिए।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न सरकार कसले बनाउँछ भन्ने भन्दा पनि देश कसले बचाउँछ भन्ने रहेको बताएका छन् ।
नेपाली कांग्रेसले बुधबार जनकपुरको तिरहुँतियामा गरेको प्रतिज्ञासभामा पार्टीको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले अहिलेको मूल प्रश्न देश र व्यवस्था कसले बचाउँछ भन्ने रहेको बताएका हुन् ।
‘मूल प्रश्न देश कसले बचाउन सक्छ भन्ने हो । सरकार त जसले पनि बनाउँछ । जसले पनि चलाउँछ,’ उपसभापति शर्माले भने । उनले कांग्रेस सुशासन स्थापित गर्नका लागि साझा सङ्कल्प तय गर्न गोलमेच सम्मेलन गर्न पनि तयार रहेको बताए । ‘सुशासन स्थापित गर्ने साझा सङ्कल्प गरेर जाऊँ त्यसका लागि हामी गोलमेच गर्न तयार छौँ,’ शर्माले भने, ‘सोच र दृष्टिकोण साझा बनाउन छलफलका लागि हामी तयार छौँ ।’
उनले अहिले मुलुकमा दुई किसिमका विचारहरू रहेको भन्दै दुवै विचारको उपयुक्त नभएका बताए । ‘मुलुकमा दुई किसिमका कुरा आएका छन् । एउटा भदौ २३ अगाडि देशमा ठिकठाक थियो । अर्को भन्छ भ्रष्टाचार थिए, सबै बिग्रिएको थियो,’ शर्माले भने, ‘तर, हामी मध्यमार्गी सोच राख्छौँ ।’
जेनजीले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्न नसके, अहिले जेनजीको नेतृत्वमा विद्रोह भएको र १० वर्षपछि अल्फाको नेतृत्वको विद्रोह हुने शर्माले बताए । आफू नबदलिए देश बदल्न नसकिने भन्दै कांग्रेसले विशेष महाधिवेशनबाट नेतृत्व बदलेको शर्माले बताए ।
‘हामी आफू बदलिन सकेनौँ भने निर्वाचनबाट सरकार बदलेर देश बदल्न सकिन्न । त्यसैले हामी आफैँलाई बदलेर देश बदल्ने प्रतिज्ञा गर्न मधेसमा आएका छौँ,’ शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतपत्रमा आफ्नो परिचित नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश
-
रास्वपाले अघि सारेको प्रस्तावबारे अन्य दलसँग पनि छलफल भएको छ : सोविता गौतम
-
तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत
-
रास्वपा महाधिवेशन : सभापतिदेखि मन्त्रीसम्मले गरे मतदान (तस्बिरहरू)
-
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब राजस्व सङ्कलन
-
उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण