कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने प्रतिबद्धता
सारांश
- कास्की क्षेत्र नं २ का उम्मेदवारहरूले कृषि र पर्यटनको विकास गर्ने प्रतिबद्धता जनाए।
- उम्मेदवारहरूले सुशासन र नयाँ पुस्ताको मागलाई ध्यान दिने बताए।
- विभिन्न उम्मेदवारहरूले भ्रष्टाचारमुक्त समाज, फोहर व्यवस्थापन र कर घटाउने कुरामा जोड दिए।
गण्डकी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नं २ का उम्मेदवारहरूले कृषि र पर्यटनको विकाससँगै सुशासन अभिवृद्धि गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
भरतपोखरी विकास मञ्च, पोखरा महानगर– ३३ द्वारा कास्की क्षेत्र नं २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवारसँग बुधबार आयोजित ‘जनतासँग उम्मेदवार –उम्मेदवारसँग जनता’ विषयक साक्षात्कारमा उनीहरुले नयाँ पुस्ताले माग गरेको सुशासनसँगै यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार हेमबहादुर थापा पराजुलीले जेनजी आन्दोलनका क्रममा उठेको भ्रष्टाचाररहित समाज निर्माणको विषयलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दीपक भण्डारीले विद्यमान प्रशासनिक झन्झटलाई सहज बनाउँदै सरकारी सेवालाई सहज एवम् प्राथमिकता बनाउन पहल गर्ने बताए । उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पर्यटनको राजधानी पोखरामा विद्यमान फोहर व्यवस्थापनको समस्या समाधान गराउने उल्लेख गरे ।
नेपाल जनमुक्ति पार्टीका उम्मेदवार ख्यामबहादुर गुरुङले कृषि र पर्यटनको विकासबाटै यस क्षेत्रको विकास गर्न सकिने बताए । स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद तिवारीले आत्मनिर्भर कृषि उद्यमको विकास लगायतका विषयलाई प्राथमिकतामा राखिने बताउँदै शिक्षाको सुलभतासँगै करको दर घटाउने लगायतका विषयमा जोड दिने बताए ।
यस क्षेत्रबाट १७ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा कूल मतदाता ८४ हजार १३४ जना रहेका छन् भने मतदान केन्द्रको सङ्ख्या ९७ रहेको निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण