रातोपाटीको ‘निर्वाचन विशेष पोर्टल’ सञ्चालनमा
सारांश
- रातोपाटी डटकमले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै 'निर्वाचन विशेष पोर्टल' सञ्चालनमा ल्याएको छ।
- पोर्टलले प्रतिनिधिसभा निर्वाचन सम्बन्धी जानकारी दिने उद्देश्य लिएको छ, जसमा उम्मेदवार र दलहरूको विवरण समावेश छ।
- पाठकहरूले चर्चित उम्मेदवार र दलहरूको जानकारी, मतदाता विवरण, र अघिल्लो निर्वाचनको नतिजा हेर्न सक्नेछन्।
काठमाडौँ । रातोपाटी डटकमले फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन विशेष पोर्टल’ election.ratopati.com सञ्चालनमा ल्याएको छ ।
प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनसम्बन्धी सबै जानकारी एकैठाउँमा दिने उद्देश्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको हो ।
लामो तयारीपछि सञ्चालनमा ल्याइएको पोर्टल पाठकमैत्री रहेको रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले बताए । पोर्टलमा उम्मेदवार, राजनीतिक दल, हट सिट र चर्चित उम्मेदवारको विवरणलाई व्यवस्थित गरेर प्रस्तुत गरिएको छ ।
यस्तै पाठकले चर्चित उम्मेदवारहरूबारे जानकारीका साथै अधिकांश राजनीतिक दलहरूको संक्षिप्त चिनारी पनि पाउन सक्नेछन् । यसबाहेक प्रदेश र जिल्लागत मतदाता, आवश्यक नक्सा, अघिल्लो निर्वाचनको नतिजासहित निर्वाचनसँग सम्बन्धित नतिजा पोर्टल उपलब्ध रहेको छ ।
यस्तै निर्वाचनको मतगणना सुरु भएपछि रातोपाटीमै सबै नतिजा उपलब्ध हुनेछ । यस्तै निर्वाचन पोर्टलमै निर्वाचनसम्बन्धी सबै समाचार पनि उपलब्ध रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण