जेनजी आन्दोलनबारे ओलीले उठाए चारवटा गम्भीर प्रश्न
सारांश
- केपी शर्मा ओलीले जेनजी प्रदर्शनका घटनाबारे गम्भीर प्रश्न उठाएका छन्।
- ओलीले आफ्नो कमजोरी लुकाउन देशी विदेशी षड्यन्त्र भएको आरोप लगाए।
- उनले भदौ २४ को विध्वंशपछि देशमा अनिश्चितताको तुवाँलो लागेको बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रदर्शनका बेला भएका घटनालाई लिएर गम्भीर प्रश्न उठाएका छन् । बिहीबार काठमाडौँमा आयोजित चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले आफ्नो कमजोरी लुकाउन देशी विदेशी सिद्धान्त अनुसार घटना घटाइएको आरोप लगाए ।
२०७९ को निर्वाचनको बेला देश राजनीतिक दुष्चक्रमा फेसको भन्दै उनले त्यतिबेला एमालेलाई राम्रो मत दिएकोमा धन्यवाद दिए । ओलीले भदौ २४ को विध्वंशपछि देशमा अनिश्चितताको तुवाँलो लागेकोमा चिन्ता व्यक्त गरे । अहिले देश बनाउने कि भत्काउनेबिचको लडाइँको रूपमा यो निर्वाचनलाई लिनुपर्ने बताए । ओलीले सिङ्गो समाजमा राजनीतिक दलहरू प्रश्नको घेरामा रहेको भन्दै आप्फ्नोनो तर्फबाट चारवटा गम्भीर प्रश्न उठाए ।
पहिलो- भदौ २३ अघि देश बनिरहेको थियो कि बिग्रँदै थियो ? के देश बिग्रिएको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार गरिँदै थियो ?
दोस्रो- भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो ? शान्तिपूर्ण कार्यक्रम सकियो भनेर घर फर्किन लागेको युवालाई निषेधित क्षेत्रतर्फ कसले किन धकेल्यो ?
तेस्रो- भदौ २३ र २४ का घटनाहरू स्वतस्फुर्त थियो कि योजनाबद्ध ? निजी सम्पत्ति, व्यवसायी र साधारण नागरिकलाई किन लक्षित गरियो ?
आफ्नो कर्तव्य पालना गरिरहेका सुरक्षाकर्मीलाई किन आक्रमण गिरियो ?
चौथो- सरकार संविधान तथा व्यवस्थाको सन्दर्भमा जेनजी प्रदर्शनकारीको केही माग थिएन । हुँदै नभएको माग पुरा गरेझैँ प्रणालीमाथि नै धावा बोल्ने गरी प्रतिनिधिसभाको विघटन किन गरियो ? यी र यस्तै कमजोरी लुकाउने बनाइएको देशी विदेशी षड्यन्त्रको सिद्धान्त होइन । संविधान व्यवस्था र हाम्रो सार्वभौम व्यवस्थाको रक्षा गर्न हामीले यसको जवाफ खोज्नै पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण