सुडानमा ड्रोन आक्रमणमा कम्तीमा १५ बालबालिकाको मृत्यु
बिहीबार, ०७ फागुन २०८२, २२ : १०
सारांश
- सुडानको विस्थापन शिविरमा ड्रोन आक्रमण हुँदा १५ बालबालिकाको मृत्यु भयो।
- युनिसेफका अनुसार फेब्रुअरी १६ मा भएको आक्रमणमा १० जना घाइते भए।
- युनिसेफले डार्फरमा पनि यस्तै घटनाहरू भइरहेको जनाएको छ।
काठमाडौँ । सुडानको एक विस्थापन शिविरमा यसै हप्ताको सुरुमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला निकाय (युनिसेफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “फेब्रुअरी १६ मा पश्चिम कोर्दोफानको अल सुनुतमा रहेको विस्थापन शिविरमा ड्रोन आक्रमणमा परी कम्तीमा १५ बालबालिकाको मृत्यु भएको र १० जना घाइते भएका छन् ।”
युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भने, “हामीले डार्फरबाट पनि त्यस्तै विचलित गर्ने ढाँचाहरू देखिरहेका छौँ, जसमा मारिएका, घाइते, विस्थापित भएका र बाँच्नका लागि आवश्यक सेवाबाट काटिएका छन्।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरमा १२औँ तह (अतिरिक्त सचिव) को पुल दरबन्दी, तर कोहि जाँदैनन्
-
मेस्सी र यमालको अनौठो संयोग
-
जब आँखै अगाडि ११ जनकलाकारको हत्या भयो
-
बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण