सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो
शुक्रबार, ०८ फागुन २०८२, १० : ५१
सारांश
- आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
- छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन ५ हजार ६० रुपैयाँ थियो।
काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनकै कायम रहेको महासंघले जनाएको छ।
त्यस्तै, सुन प्रतिदस ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण