उडनतस्तरीसम्बन्धी फाइल सार्वजनिक गर्न ट्रम्पको निर्देशन
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरी ग्रहमा जीवन र अज्ञात उडनतस्तरीेसम्बन्धी सरकारी अभिलेख सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न पेन्टागन तथा अन्य सङ्घीय निकायलाई निर्देशन दिने बताएका छन् ।
उनले बिहीबार आफ्नो सामाजिक सञ्जाल टु«थ सोसलमा पोस्ट गर्दै जनचासो अत्यधिक बढेकाले यस्तो कदम चाल्ने बताएका हुन् । एलियन र बाह्य ग्रहमा जीवन, अज्ञात हवाई घटना र उडनतस्तरीसँग सम्बन्धित सरकारी फाइल पहिचान गरी सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न रक्षा विभाग र सम्बन्धित निकायलाई निर्देशन दिने ट्रम्पले बताए ।
तर ती अभिलेखमा कस्तो जानकारी छ वा कहिले सार्वजनिक हुन्छ भन्नेबारे तत्काल स्पष्ट पारिएको छैन । पछिल्ला वर्षहरूमा पेन्टागनले यूएफओ सम्बन्धी घटनाहरू सङ्कलन, निगरानी र अनुसन्धान गर्न प्रयास बढाएको छ ।
रक्षा मन्त्रालयअन्तर्गतको अल डोमेन एनोमली रिजोलुशन अफिशले सन् २०२४ को प्रतिवेदनमा अहिलेसम्म बाह्य ग्रहमा जीवनको कुनै प्रमाण नभेटिएको दोहोर्याएको थियो ।
ट्रम्पको यो टिप्पणी पूर्व राष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिपछि आएको हो । ओबामाले गत सप्ताहन्त पोडकास्ट सञ्चालक ब्रायन टायलर कोहेनसँगको अन्तर्वार्तामा एलियनबारे सोधिएको प्रश्नमा ‘तिनीहरू वास्तविक हुन्, तर मैले देखेको छैन’ भनेका थिए ।
पछि उनले इन्स्टाग्राममा स्पष्ट पार्दै ब्रह्माण्ड विशाल भएकाले अन्य ग्रहमा जीवन हुने सम्भावना सांख्यिक रूपमा रहेको भन्ने अर्थमा आफूले बोलेको बताए ।
साथै, आफ्नो राष्ट्रपतिकालमा बाह्र ग्रहमा बस्नेहरूसँग सम्पर्क भएको कुनै प्रमाण नदेखेको पनि उनले उल्लेख गरेका थिए । ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँग कुरा गर्दै ओबामाले गोप्य जानकारी दिएको हुन सक्छ भन्दै टिप्पणी गरेका थिए । अज्ञात उडतस्तरी र एलियनको विषयमा अमेरिकामा लामो समयदेखि सार्वजनिक चासो छ ।
केही षड्यन्त्र सिद्धान्तहरूले सरकारले एलियनको प्रमाण लुकाइरहेको दाबी गरेर यो चासोलाई झनै भड्काइरहेका छन् । पारदर्शिताका लागि पछिल्ला वर्षहरूमा पनि दबाब बढेको छ ।
सन् २०२३ को प्रतिनिधिसभा सुनुवाइमा तीन सैन्य पूर्वअधिकारीले अज्ञात बाह्य वस्तु देखिनु राष्ट्रिय सुरक्षासँग जोडिएको समस्या भएको र यस मामिलामा सरकारले अति नै गाेपनियता अपनाइरहेको भनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण