वीरेन्द्रको शालिकमाथि अमर्यादित कार्य भएको भन्दै राप्रपा नेतृ ओलीको कटाक्ष
सारांश
- रास्वपाको कार्यक्रममा कार्यकर्ताले राजा वीरेन्द्रको शालिकमा अमर्यादित व्यवहार गरेपछि राप्रपा नेतृ ओलीले आपत्ति जनाइन्।
- ओलीले उक्त घटनालाई गम्भीर सार्वजनिक चिन्ताको विषय बताउँदै नयाँ दलको अनुशासन र राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएकी छिन्।
- उनले यस्ता व्यवहारले समाजको सभ्यता, संस्कृति र ऐतिहासिक चेतनाबाट टाढा लैजाने संकेत गरेको बताइन्।
काठमाडौं । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यक्रमका क्रममा कार्यकर्ता तथा शुभेच्छुकहरूले स्वर्गीय राजा वीरेन्द्रको शालिकमाथि चढेर अमर्यादित व्यवहार गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ खुश्बु ओलीले कटाक्ष गरेकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ ओलीले यस घटनालाई गम्भीर सार्वजनिक चिन्ताको विषय बताउँदै नयाँ दलको अनुशासन र राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाएकी छन्।
तुलसीपुरको चोकमा रहेको शालिकमा भएको कार्यबारे उनले यसलाई ‘क्षणिक गल्ती’ मान्न नसकिने बताएकी छन्।
'यसले हाम्रो समाज आफ्नै सभ्यतागत स्मृति, सांस्कृतिक मर्यादा र ऐतिहासिक चेतनाबाट कति टाढिँदै गएको छ भन्ने गहिरो संकेत गर्दछ,' ओलीले लेखेकी छन्, 'धेरैका लागि, यसले राजनीतिक साक्षरता र नागरिक शिक्षाको अभाव देखाएको छ।'
ऐतिहासिक व्यक्तित्व र सार्वजनिक स्मारकहरूले समाजको सामूहिक पहिचान बोक्ने स्मरण गराउँदै उनले यस्ता व्यवहारले सम्बन्धित पक्षलाई घाटा हुने चेतावनी दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
-
विश्वकप २०२६ उद्घाटन समारोहः नेपालबाट कसरी हेर्न सकिन्छ ?
-
सांसद सृष्टि भट्टराईले कारको झ्यालबाट शरीर निकालेर यात्रा गरेको भिडियो भाइरल
-
तेस्रो ध्रुवको हिमनदी पग्लँदै : एसियाको जलसुरक्षामा बढ्दो जोखिम
-
कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण