सन्न्यासबारे सोच्दै नेयमार
सारांश
- ब्राजिलका स्टार खेलाडी नेयमारले यसै वर्ष फुटबलबाट सन्न्यास लिने सोच बनाएका छन्, चोटका कारण उनलाई करियर अघि बढाउन कठिन भएको छ।
- साउदी क्लब अल-हिलाल छोडेर सान्तोष फर्किएका नेयमारले २०२६ सम्म सम्झौता नवीकरण गरेका थिए, तर चोटका कारण उनले खेल गुमाए।
- पेलेको कीर्तिमान तोडेका नेयमारले २०२३ यता राष्ट्रिय टोलीबाट खेलेका छैनन्, विश्वकप खेल्ने उनको अन्तिम इच्छा छ।
ब्रासिलिया । विश्व फुटबलका सर्वाधिक महँगा खेलाडी तथा ब्राजिलका कीर्तिमानी गोलकर्ता नेयमारले यसै वर्षको अन्त्यमा फुटबलबाट सन्न्यास लिने विषयमा विचार गरिरहेको खुलासा गरेका छन्। ३४ वर्षीय स्ट्राइकर नेयमारले हालैका सिजनहरूमा निरन्तरको चोटका कारण आफ्नो करियर अघि बढाउन कठिन भइरहेको संकेत दिएका हुन्।
ब्राजिलियन अनलाइन च्यानल काजेसँग कुरा गर्दै उनले आगामी वर्ष के हुन्छ भन्नेमा आफू नै अनिश्चित रहेको र डिसेम्बरसम्ममा खेल जीवनलाई बिट मार्ने सोच आउन सक्ने बताएका छन्। सन् २०१७ मा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) जाँदा कायम भएको २०० मिलियन पाउन्डको कीर्तिमानी स्थानान्तरण रकम अझै पनि फुटबल इतिहासकै उच्च हो।
साउदी क्लब अल-हिलाल छोडेर सन् २०२५ को जनवरीमा आफ्नो बाल्यकालको क्लब सान्तोष फर्किएका नेयमारले सन् २०२६ को अन्त्यसम्मका लागि सम्झौता नवीकरण गरेका थिए। तर, गत डिसेम्बरमा घुँडाको शल्यक्रिया गरेपछि उनले यो सिजनको सुरुवातका खेलहरू गुमाउनु परेको थियो। भर्खरै मैदान फर्किएका उनले अब ‘वर्ष-देखि-वर्ष’ को योजनामा बाँच्न थालेको बताएका छन्।
ब्राजिलका लागि ७९ गोल गर्दै महान् खेलाडी पेलेको कीर्तिमान तोडेका नेयमारले सन् २०२३ को अक्टोबरयता राष्ट्रिय टोलीबाट खेल्न पाएका छैनन्। आगामी जुन-जुलाईमा हुने विश्वकपमा स्थान बनाउनु आफ्ना लागि ठुलो चुनौती रहेको उनले स्वीकार गरेका छन्।
कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीमा पुनरागमन गर्दै विश्वकप खेल्ने उनको अन्तिम इच्छा छ। यो वर्ष सान्तोष, राष्ट्रिय टोली र व्यक्तिगत रूपमा आफ्नो करियरका लागि निकै महत्त्वपूर्ण रहेको भन्दै उनले विश्वकपपछि सन्न्यासको औपचारिक निर्णय लिन सक्ने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण