सुपर–८ को पहिलो खेलअघि कोलम्बोमा वर्षा, पाकिस्तानले जित्यो टस
कोलम्बो । टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ । खेल सुरु हुनुअघि भने कोलम्बोमा वर्षा भएपछि मैदान केहीबेर प्रभावित बनेको छ।
टस जितेर पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानका कप्तान सलमान अली आगा ले टोलीमा एक परिवर्तन गरिएको जानकारी दिएका छन् । उनका अनुसार ख्वाजा नफीको स्थानमा फखर जमान टोलीमा फर्किएका छन् ।
यता न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनर स्वास्थ्य लाभपछि टोलीमा फर्किएका छन् । उनले बिरामी भएका कारण अघिल्लो खेल गुमाएका थिए ।
समूह चरणमा पाकिस्तान र न्युजिल्यान्डले समान ४ खेलमध्ये ३ खेल जिते र १ खेलमा पराजित भएका थिए ।
पाकिस्तानले समूह चरणमा नेदरल्यान्ड्स, अमेरिका र नामिबियालाई पराजित गरेको थियो भने भारतसँग हार बेहोरेको थियो । त्यसैगरी, न्युजिल्यान्डले अफगानिस्तान, यूएई र क्यानडालाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
वर्षा रोकिएपछि खेल निर्धारित समयमै सुरु हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण