मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन लक्षित कांग्रेसको रणनीति : एक सदस्य ३० घरको जिम्मेवारीदेखि सामाजिक सञ्जालको टाइमिङसम्म

आइतबार, १० फागुन २०८२, २१ : १५
आइतबार, १० फागुन २०८२

सारांश

  • नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तल्लो तहका कार्यसमितिलाई विशेष निर्देशन जारी गरेको छ।
  • पार्टीले 'एक पार्टी सदस्य, ३० घर' को रणनीति अन्तर्गत मतदातासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिएको छ।
  • कांग्रेसले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगलाई जोड दिँदै प्रचारप्रसारलाई व्यवस्थित बनाउने भएको छ।

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीको चुनावी अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नेपाली कांग्रेसले तल्लो तहका सबै कार्यसमितिलाई विशेष निर्देशन जारी गरेको छ।

कांग्रेस केन्द्रीय प्रचार–प्रसार समितिले ७ वटै प्रदेश, ७७ जिल्ला, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र सहित ७५३ पालिका र ६७४३ वटै वडा कार्य समितिलाई पत्राचार गर्दै चुनावी अभियानका नयाँ सुत्रहरू कार्यान्वयन गर्न भनेको हो। 

प्रवक्ता एवं केन्द्रीय प्रचार प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षरित परिपत्रमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन र समानुपातिक मत वृद्धि गर्न प्रचार कार्यलाई कडा बनाउनु पर्ने उल्लेख छ। पार्टीले विशेषगरी वडा स्तरको प्रचारलाई लक्षित गर्दै ‘एक पार्टी सदस्य, ३० घर’ को जिम्मेवारी अनिवार्य रूपमा लागू गर्ने रणनीति अघि सारेको छ। 

यस अन्तर्गत प्रत्येक पार्टी सदस्यले तोकिएको ३० घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुपर्ने र त्यसको स्पष्ट अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, पार्टीले सार्वजनिक गरेको सुशासन र समुन्नतिको प्रतिज्ञा पत्रलाई तल्लो तहसम्म पुर्‍याउन बुद्धिजीवी र मतदातासँग अन्तरक्रिया गर्न तथा यस कार्यमा प्रेस युनियनको सहयोग लिन समेत निर्देशन दिइएको छ।
प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै कांग्रेसले सामाजिक सञ्जाल सञ्चालनका लागि समेत समय सीमा तोकेको छ। पार्टीका आधिकारिक फेसबुक पेज, टिकटक र वेबसाइटमा रहेका सामग्रीहरूलाई सबै सदस्यले अनिवार्य सेयर र पुनः अपलोड गर्नुपर्नेछ। 

धेरै भन्दा धेरै मतदातासम्म पुग्नका लागि बिहान ८ः०० देखि ८ः२० सम्म र बेलुकी ८ः०० देखि ८ः२० सम्मको समयलाई पिक आवर मानेर एकैपटक सामग्रीहरू सेयर गर्न विशेष आग्रह गरिएको छ। 
यसका साथै केन्द्रीय स्तरका नेताहरूले सम्बोधन गर्ने आमसभाहरूको तयारीमा रहन र आफ्नो क्षेत्रको वास्तविक वस्तुस्थितिको सर्वेक्षण गरी तत्काल केन्द्रमा विवरण पठाउन समेत कांग्रेसले आफ्ना सबै तहका समितिलाई सचेत गराएको छ।

633308207_1464516605107836_4571295608406274319_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप