डोनाल्ड ट्रम्पको विश्रामस्थलमा जबर्जस्ती छिर्न खोजेका युवकको गोली हानी हत्या
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो विश्रामस्थलमा आइतबार जबर्जस्ती प्रवेश गर्न खोजेका एक २० वर्षीय युवकको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ ।
राष्ट्रपतिको सुरक्षा गर्ने निकाय संयुक्त राज्य गोप्य सेवाका अनुसार ती युवकले सुरक्षित क्षेत्रभित्र गैरकानुनी रूपमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन् । घटना स्थानीय समयअनुसार बिहान डेढ बजेको भएको समाचारहरूमा जनाइएको छ । ती युवकको घटनास्थलमै मृत्यु भएको हो ।
सुरक्षा निकायका अनुसार युवक एकनाले बन्दुक र इन्धनको भाँडो लिएर विश्रामस्थल पुगेका थिए । उत्तर प्रवेशद्वारबाट एउटा सवारीसाधन बाहिरिँदै गर्दा उनले सवारीको आडमा भित्र छिर्न खोजेका थिए ।
दुई सुरक्षाकर्मीले उनलाई रोकेर हतियार र इन्धनको भाँडो भुइँमा राख्न निर्देशन दिएका थिए । उनले इन्धनको भाँडो राखेका र तर बन्दुक चलाउने अवस्थामा उठाएपछि सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए ।
घटनाका बेला राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीस्थित ह्वाइट हाउस मा रहेका थिए । उनी प्रायः साता अन्त्यमा मार–ए–लागोमा समय बिताउने गर्छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार मृत युवकका परिवारले केही दिनअघि उनी हराएको भन्दै उजुरी दिएका थिए । उनी नर्थ क्यारोलाइना बाट दक्षिणतर्फ आएका र बाटोमै बन्दुक किनेको खुलेको छ। उनको सवारीसाधनबाट बन्दुक राख्ने बाकससमेत फेला परेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
यसअघि पनि ट्रम्पमाथि आक्रमण प्रयास भएको थियो। सन् २०२४ जुलाई १३ मा चुनावी सभाका क्रममा उनीमाथि गोली प्रहार भएको थियो । उक्त घटनामा गोली उनको कान छुँदै गएको थियो भने सुरक्षाकर्मीले हमलावरलाई घटनास्थलमै नियन्त्रणमा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण