रुपन्देही ५ मा सुनिल चौधरीको चुनावी माहोल तातियो : रेशम चौधरीद्वारा शुभकामना
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आइतबार आयोजित एक चुनावी सभालाई नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा संरक्षक चौधरीले रुपन्देही क्षेत्र नम्बर ५ मा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार रहेका सुनिल चौधरीलाई विजयको शुभकामना व्यक्त गरे ।
चौधरी समुदाय र पिछडिएको क्षेत्रको उत्थानका लागि सुनिल चौधरी जस्तो जुझारु र युवा व्यक्तित्व उम्मेदवार बन्नु खुसीको कुरा भएको बताउँदै रेशम चौधरीले उनलाई पूर्ण समर्थन रहेको बताए। यसैगरी, कार्यक्रममा प्रलोपाका अध्यक्ष सन्तोष परियारले पनि सुनिल चौधरीको पक्षमा विशेष आह्वान गरे । उनले नागरिक उन्मुक्ति पार्टी र प्रलोपा बिचको चुनावी सहकार्य मजबुत रहेको र यसले क्षेत्रको विकास र समस्या समाधानमा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रलोपाका लुम्बिनी इन्चार्ज नारायणी शर्माले महिलवार क्षेत्रका जनसमुदाय, जनजाति र आम नागरिकलाई सुनिल चौधरीको पक्षमा उभिन अपिल गरिन् ।
उम्मेदवार सुनिल चौधरी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको युवा नेताका रूपमा सक्रिय थिए । उक्त पार्टी परित्याग गरी अहिले उनी प्रलोपाबाट उम्मेदवार बनेका हुन्। हाल यस क्षेत्रमा उम्मेदवार चौधरीको घरदैलो अभियान र चुनावी प्रचार–प्रसार निकै उत्साहजनक रूपमा अगाडि बढिरहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
-
अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'
-
जडीबुटी मार्ग र स्थानीय ‘इगो’ का कारण हुम्ला-बाजुरामा विवाद : आईजीपी पौडेल
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण