४७ वर्षपछि कमल हासन र रजनीकान्तको महासंगम
सारांश
- कमल हासन र रजनीकान्त ४७ वर्षपछि रेड जायन्ट मुभिजको प्रोजेक्टमा एकसाथ देखिने भएका छन्।
- इन्ट्रोडक्सन भिडियोमा दुवै स्टारको स्टाइललाई फरक ढङ्गले प्रस्तुत गरिएको छ, जसमा संगीत र प्रविधिको मिश्रण छ।
- नेल्सन दिलीपकुमारको निर्देशन र अनिरुद्ध रविचन्दरको संगीत रहेको यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ।
हैदराबाद । भारतीय चलचित्र क्षेत्रका दुई सर्वकालीन सुपरस्टार कमल हासन र रजनीकान्त झण्डै पाँच दशकपछि एउटै पर्दामा देखिने भएका छन्। रेड जायन्ट मुभिजको महत्वकांक्षी प्रोजेक्ट 'KHxRK' मार्फत यी दुई दिग्गज कलाकार ४७ वर्षपछि एकसाथ आउन लागेका हुन्।
हालै सार्वजनिक गरिएको एक विशेष इन्ट्रोडक्सन भिडियोले दर्शकमाझ निकै उत्सुकता जगाएको छ, जहाँ यी दुई स्टारको स्टाइललाई भिन्न ढङ्गले प्रस्तुत गरिएको छ। भिडियोमा संगीत र प्रविधिको रोचक मिश्रण देखाइएको छ।
‘बिथोभनको सिम्फनी र बप्पी लाहिडीको ग्रुभ’ मिसिँदा एक लेजेन्डरी मिक्स जन्मने संवादसँगै रजनीकान्त र कमल हासनको दमदार इन्ट्री हुन्छ। भिडियोमा दुवैले सुट, बुट र चश्मा लगाउँदै एकअर्काको विपरित रुचि देखाएर रमाइलो दृश्य सिर्जना गरेका छन्।
नेल्सन दिलीपकुमारको निर्देशन र अनिरुद्ध रविचन्दरको संगीत रहेको यो फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुने तयारीमा छ। लामो समयपछि पर्दामा देखिन लागेका यी दुई लिजेन्डको सहकार्यलाई लिएर सिने जगतमा ठुलो चर्चा सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण