धादिङ बस दुर्घटनामा मृतकको सङ्ख्या १९ पुग्यो
सोमबार, ११ फागुन २०८२, १० : ३२
सारांश
- धादिङमा भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ।
- पोखराबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूली नदीमा खसेको थियो।
- घाइतेहरूको धादिङ र काठमाडौँमा उपचार भइरहेको छ, दुर्घटनाको कारण खुलेको छैन।
काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमान्डमा टोली खटिएको थियो । यस्तै नेपाल प्रहरी, नेपाली सेना र स्थानीय समेत उद्धारका खटिएका थिए ।
दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइतेहरूको धादिङ र काठमाडौँमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण