सुदन किरातीद्वारा साम्बालाई १० हजार सहयोग
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री सुदन किराती सावित्री भण्डारी (साम्बा)लाई १० हजार सहयोग गरेका छन् । आफ्नो पुस्तक 'पलपलको मृत्यु' बिक्री भएको रकमबाट रु १० हजार साम्बालाई सहयोग गर्ने उनले बताए ।
उनले भनेका छन्– 'राष्ट्रको जर्सी ओढेर पसिना, पीडा र कठोर सङ्घर्षलाई विजयमा बदल्दै आफ्नो देशको छविलाई उच्च बनाउने साहसी खेलाडी सावित्री भण्डारी (साम्बा) केबल मैदानकी स्ट्राइकर मात्र होइनन्, उनी राष्ट्रको गौरव र आशा हुन् । राष्ट्रको यस्तो अमूल्य गहनाको उपचार र संरक्षण गर्नु राज्यको कर्तव्य मात्र होइन, खेलाडीप्रतिको सम्मान पनि हो। उहाँको स्वास्थ्यमा लगानी गर्नु भनेको राष्ट्रको स्वाभिमान र भविष्यप्रति लगानी गर्नु हो। त्यसैले उहाँको स्वास्थ्य उपचारमा लाग्ने खर्च सम्पूर्ण रूपमा सरकारले जिम्मा लियोस् भनी माग गर्दछु । '
उनले थप भनेका छन्– 'विगतमा सरकाले खेलाडीलाई प्रोत्साहनको लागि नगद पुरस्कार घोषणा गरेर नदिएको धेरै उदाहरणहरू छन् । त्यसैले यो सन्दर्भमा साम्बाको उपचारको लागि सरकारको भर पर्नु हुँदैन । त्यसैले उहाँको उपचारका लागि खर्च जुटाउन देश तथा विदेशमा रहनुभएका महानुभावहरू र निर्वाचनको मैदानमा करोडौं खर्च गरेर हिँडिरहनु भएका ३,४२८ जना उम्मेदवारहरूले खर्च कटौती गरेर ५–५ हजार मात्र सहयोग गर्ने हो भने उम्मेदवारहरूकै तर्फबाट पनि १,७१,४०,००० हुन जान्छ । देशको प्रतिनिधित्व गर्नको निम्ति उत्साहका साथ अघि बढिरहनुभएका सम्पूर्ण उम्मेदवारहरूको पनि ध्यान पुगोस् भन्ने अनुरोध गर्दछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण