टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ शुरु भएको छ ।
२०८१ बैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको माग राखेर मुद्दा दर्ता गरेको थियो ।
पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको अख्तियारको ठहर छ । यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ ।
आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेयर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह
-
हुम्लामा जिप दुर्घटना, ४ जना घाइते
-
प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
-
आज पनि सुनचाँदीको मूल्य घट्यो
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण