शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि सुरक्षा चुनौती नदेखिएको निष्कर्ष

मङ्गलबार, १२ फागुन २०८२, १४ : ५४
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि कुनै सुरक्षा चुनौती नदेखेको निष्कर्ष निकाल्यो।
  • सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि शान्ति सुरक्षा मजबुत रहेको जानकारी गराए।
  • आयोगले मतदानका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

काठमाडौँ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचनका लागि अहिलेसम्म कुनै सुरक्षा चुनौती नदेखिएको निष्कर्ष निकालेको छ । 

निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौती नदेखिएको निष्कर्ष निकालेको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारे ब्रिफिङ गरेका थिए ।

बैठकमा निर्वाचनका लागि आउन सक्ने सुरक्षा चुनौती र त्यसलाई उचित समाधान गर्ने विषयमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि शान्ति सुरक्षा मजबुत रहेको र राजनीतिक दलहरूले आफ्नो शान्तिपूर्ण रूपमा गतिविधि गर्नका लागि मतदाताले निर्भयपूर्वक आफ्नो मतदान गर्नका लागि अनुकूल वातावरण रहेको जानकारी गराएको प्रवक्ता भट्टराईले बताए । 

उनले केही स्थानमा भएका घटनामा स्थानीय प्रशासनको क्रियाशीलताले कुनै अप्रिय घटना हुन नपाएको र सबैतिरको माहोल निर्वाचनमय हुँदै गएको उल्लेख गरे । 

प्रवक्ता भट्टराईले मतदानका लागि सहज रूपमा घर जान र फर्कनका लागि आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको र यसबाट मतदानमा सक्रियतापूर्वक सहभागिता हुने विश्वास रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप