मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार

तत्कालीन सचिव घिमिरेलाई धरौटीमा रिहा गर्न आदेश

मङ्गलबार, १२ फागुन २०८२, १८ : ०७
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व सचिव सुशील घिमिरेलाई अदालतले धरौटीमा रिहा गरेको छ।
  • अख्तियारले घिमिरेलाई विमानस्थलको लागत बढाएर भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
  • घिमिरेले चिनियाँ कम्पनीसँग मिलेमतो गरी लागत बढाएको आरोप छ।

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले घिमिरेसँग डेढ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत अस्वाभाविक रूपमा बढाएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

घिमिरेले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति अध्यक्षको हैसियतमा चिनियाँ कम्पनी ’चाइना सिएमसी इन्जिनियरिङ’सँग मिलेमतो गरी लागत अनुमान ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर (करिब ८ अर्ब ३६ करोड ७३ लाख २५ हजार २९७ रुपैयाँ) बढी देखाएको आरोप लगाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप