प्रतिनिधि सभा निर्वाचन : कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूको अभिमुखीकरण गरिएको छ ।
निर्वाचन आयोगले मंगलबार आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव, शाखा अधिकृत र नायब सुब्बा गरी ६७ जनाको सहभागिता थियो । कार्यक्रममा निर्वाचन आयुक्त सगुनशम्शेर जबराले परराष्ट्र मन्त्रालयले विदेशी पाहुनलाई स्वागत गरी सहजीकरण गर्न खटाएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दा नै नेपालको तर्फबाट प्रभाव पार्नेगरी प्रस्तुत हुनुपर्ने बताउनुभयो । सम्पर्क अधिकृतले देशका नाम पनि राख्ने गरी गुण विकास गरी विदेशी पाहुनासमक्ष व्यवहार गनुपर्ने उनले जानकारी गराए।
मतदानका क्रममा कूटनीतिक नियोगका कर्मचारी र विदेशी पाहुना कहाँसम्म जान पाउने भन्ने विषयमा सम्पर्क अधिकृतलाई राम्रोसँग जानकारी हुनुपर्ने पनि निर्वाचन आयुक्त राणाले बताए। देशको इज्जत राख्ने सामूहिक काम भएकाले मिलेर काम गर्न उनले निर्देशन दिए । सम्पर्क अधिकृतले नेपालको छवि राम्रो बनाउने गरी काम गर्नुपर्ने तयारी गर्न उनले सुझाव दिए।
कार्यक्रममा यसअघि पनि सम्पर्क अधिकृतका रूपमा काम गरिसकेका अनुभवीहरूले विदेशी पाहुनाले सम्पदास्थलमा पनि भ्रमण गर्न चाहने भएकाले त्यसअनुसारका कार्यक्रम पनि बनाउन अनुरोध गरेका थिए ।
सो अवसरमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विदेशी पाहुना र कूटनीतिक नियोगका अधिकारीहरूलाई निर्वाचनका बारेमा दिने जानकारीसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक विकले ‘सम्पर्क अधिकृतहरूको भूमिका र दायित्व’ प्रस्तुतीकरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण