मस्याङ्दी जलविद्युत् केन्द्रको मर्मत सम्भार धमाधम
सारांश
- मस्याङ्दी जलविद्युत केन्द्रको मर्मतसम्भारको काम भइरहेको छ, जसले गर्दा विद्युत उत्पादन बन्द भएको छ।
- कर्मचारी शैलेन्द्र भट्टले मर्मतको कारण र कामबारे जानकारी दिए।
- फागुन २२ गतेबाट विद्युत उत्पादन सुचारु गर्ने योजना छ।
तनहुँ । जिल्लाको आँबुखैरेनीमा रहेको मस्याङदी जलविद्युत् केन्द्रको बाँध, सुरुङ, पावरहाउसलगायतका संरचना मर्मतसम्भार कार्य धमाधम भइरहेको छ । उनान्सत्तरी मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ ।
गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत् उत्पादन बन्द गरी मर्मत कार्य अघि बढाइएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए । कालीगण्डकीलगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य थालिएको हो । उनले भने, “बाँधमा बालुवा थुप्रिएका कारण सफा गर्न र गेट भत्किने अवस्थामा पुगिसकेकाले निर्माण कार्य थालिएको हो ।”
सुरुङ र अन्य संरचनाहरूको मर्मतसम्भार गर्नुपर्ने भएको थियो । उनले भने, “कार्यालयबाट पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको हो ।” यही फागुन २२ गतेदेखि सो आयोजनाको विद्युत् उत्पादन सुचारु गर्ने योजना रहेको सो केन्द्रले जनाएको छ । विसं २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत् आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण