मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

बुधबार, १३ फागुन २०८२, ११ : ४४
बुधबार, १३ फागुन २०८२

सारांश

  • त्रिभुवन विमानस्थलमा अवैध विदेशी मुद्रासहित एक स्वीडिस नागरिक पक्राउ परेकी छिन्।
  • विमानस्थल सुरक्षा जाँचका क्रममा ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई विभिन्न देशका मुद्रासहित नियन्त्रणमा लिइयो।
  • पक्राउ परेकी खाण्ड्रोको साथबाट १० हजार ५ सय अमेरिकी डलर, २६ हजार ७ सय युरो लगायत बरामद गरियो।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचका क्रममा ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित एक जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीन जान लागेकी ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खाण्ड्रो मंगलबार बिहान पक्राउ परेकी हुन् ।

उनले आफ्नो झोलामा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न देशका मुद्राहरू फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले नियमित जाँच गर्ने क्रममा उनको गतिविधि शंकास्पद देखिएको थियो ।

खानतलासी गर्दा उनको साथबाट १० हजार ५ सय अमेरिकी डलर, २६ हजार ७ सय युरो, ७ हजार ४ सय चाइनिज युआन र ४३ हजार स्विडिस क्रोनर बरामद भएको छ । नेपालको कानुनअनुसार अनुमतिविना तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा लुकाइछिपाइ लैजानु गैरकानुनी मानिन्छ ।

पक्राउ परेकी खाण्ड्रोलाई बरामद मुद्रासहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप