नेयमारको पुनरागमन अझै अनिश्चित : एन्चेलोटीको योजनामा परेका छैनन् ब्राजिलका कीर्तिमानी गोलकर्ता
काठमाडाैँ। ब्राजिलियन स्टार नेयमारको राष्ट्रिय टोलीमा पुनरागमनलाई लिएर फुटबल प्रेमीहरूमा निकै उत्सुकता रहे पनि मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले भने अहिल्यै हतार नगर्ने संकेत दिएका छन्।
सान्तोस एफसी ‘क्याम्पियोनाटो पाउलिस्टा’ बाट बाहिरिएपछि र नोभोरिजोन्टिनोसँगको हारमा नेयमारको प्रदर्शनमाथि प्रश्न उठिरहेका बेला एन्चेलोटीले आफ्नो दीर्घकालीन योजनामा कुनै परिवर्तन नभएको प्रस्ट पारेका हुन्।
इटालियन प्रशिक्षक एन्चेलोटी भविष्यको टोली निर्माणमा केन्द्रित छन् र उनको अहिलेको प्राथमिकतामा नेयमारको तत्काल फिर्ती छैन। ईएसपीएनका अनुसार सान्तोसको हारले प्राविधिक रूपमा नेयमारलाई टोलीबाट टाढा पठाएको त होइन, तर यसले प्रशिक्षकको पुरानै निर्णयलाई थप बल पुर्याएको छ।आगामी मार्चमा फ्रान्स र क्रोएसियाविरुद्ध हुने हाई–प्रोफाइल मैत्रीपूर्ण खेलका लागि नेयमार सुरुदेखि नै एन्चेलोटीको योजनामा
थिएनन्। सन् २०२६ को विश्वकपलाई मध्यनजर गर्दै एन्चेलोटीले खेलाडीको नाम वा प्रतिष्ठाभन्दा पनि शारीरिक तन्दुरुस्तीलाई मुख्य प्राथमिकता दिएका छन्। बोस्टन र ओर्लान्डोमा हुने यी खेलहरूलाई एन्चेलोटीले आफ्नो अन्तिम प्रयोगशालाका रूपमा लिएका छन्, जहाँ उनले नेयमारविना नै टोलीको सन्तुलन हेर्न चाहेका छन्।
ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) ले नेयमारको खेल र चोटपछिको सुधारलाई नजिकबाट नियालिरहेको छ। लामो समयको चोटपछि मैदान फर्किएका नेयमारले फेब्रुअरीदेखि नै बिस्तारै लय समात्ने र क्लब फुटबलमा आफ्नो प्रभाव देखाउने अपेक्षा गरिएको थियो। एन्चेलोटीको रणनीति भनेको नेयमारको अनुपस्थितिमा आक्रमणका अन्य पाटाहरूले कसरी काम गर्छन् भन्ने बुझ्नु हो।
विगतका प्रशिक्षकहरू जस्तो एन्चेलोटीले ३४ वर्षीय नेयमारका लागि कुनै आतुरता देखाएका छैनन्। उनले पहेँलो जर्सी लगाउनका लागि उच्च स्तरको शारीरिक अवस्था हुनुपर्ने अडान राख्दै आएका छन्।
एन्चेलोटीका लागि नेयमारको क्षमतामा कुनै शंका छैन, तर उनको मुख्य चासो मे महिनासम्ममा नेयमार विश्वकप जस्तो ठूलो प्रतियोगिताका लागि शारीरिक रूपमा तयार हुन्छन् कि हुँदैनन् भन्ने मात्र हो। यदि उनी पूर्ण रूपमा स्वस्थ र प्राविधिक रूपमा अब्बल देखिएमा मात्रै उनले करियरको चौथो विश्वकप खेल्ने मौका पाउनेछन्। अन्यथा, २०१४, २०१८ र २०२२ पछि उनको विश्वकप यात्रामा पूर्णविराम लाग्न सक्छ।
अहिले ब्राजिलियन जनता नेयमारको चर्चामा झुमिरहेका भए पनि प्रशिक्षक र प्राविधिक टोली भने टोलीका अन्य समस्या समाधान गर्न व्यस्त छन्। विशेषगरी रक्षापंक्तिमा गहिराइको अभाव, दुवै फुलब्याकको विकल्प, माक्र्विनहोस र गेब्रियल मागाल्हेसका लागि वैकल्पिक डिफेन्डरको खोजी र ब्रुनो गुइमारेसको उचित विकल्प जस्ता विषयमा एन्चेलोटीले बढी ध्यान दिएका छन्।
आक्रमणमा पनि नयाँ खेलाडीहरूको भूमिका स्पष्ट पार्ने काम भइरहेको छ, जसले गर्दा नेयमारको पुनरागमनका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण