जापानी नागरिकलाई रिहा गर्न माग
काठमाडाैँ। जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ ।
जापानको उप प्रमुख क्याबिनेट सचिव मसानाओ ओजाकीले बुधबार विदेशी मिडियासँगको कुराकानीमा ती नागरिकलाई जनवरी २० मा हिरासतमा लिइएको मात्र पुष्टि गरे । उनले गोपनीयता र सुरक्षा कारण देखाउँदै थप विवरण दिन अस्वीकार गर्नुभयो । ओजाकीले भने, “सरकारले आवश्यक सहयोग प्रदान गर्दै बन्दी र उनको परिवारसँग सम्पर्कमा रहेको छ ।”
विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार जापानी अधिकारीहरूले बन्दीसँग व्यक्तिगत रूपमा भेट्न अनुमति पाएका छैनन् तर स्वास्थ्य राम्रो रहेको विश्वास गरिएको छ । मन्त्रालयले पनि बन्दीको पक्राउ कहिले र कुन अभियोगमा गरिएको भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
इरानमा करिब २०० जना जापानी नागरिक बसोबास गर्दै आएको छन् । तिनमा १५० जना राजधानी तेहरानमा छन् । जापान सरकारले यसको सुरक्षा र संरक्षण सुनिश्चित गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण