मैदानमा खेलाडीबिच कुटाकुट भएपछि चेल्सी र वेस्ट ह्याममाथि भारी जरिवाना
लण्डन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गत जनवरीमा स्टामफोर्ड ब्रिजमा भएको तनावपूर्ण खेलका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै चेल्सी र वेस्ट ह्याममाथि फुटबल एसोसिएसन (एफए) ले भारी जरिवाना तोकेको छ। खेलको अन्तिम समयमा दुवै टोलीका खेलाडीहरू आपसमा कुटाकुट र धकेलाधकेलमा उत्रिएपछि चेल्सीलाई ३ लाख २५ हजार पाउण्ड र वेस्ट ह्यामलाई ३ लाख पाउण्ड जरिवाना गरिएको हो।
खेलको ९५ औँ मिनेटमा वेस्ट ह्यामका विङ्गर आदामा ट्राओरेले चेल्सीका रक्षक मार्क कुकुरेलालाई धक्का दिएपछि विवाद सुरु भएको थियो। त्यसको प्रतिक्रियामा चेल्सीका फरवार्ड जोआओ पेड्रो मैदानमा उत्रिएपछि दुवै पक्षका खेलाडीहरूबिच हातहालाहालको अवस्था सिर्जना भएको थियो। भिडियो असिस्टेन्ट रेफ्रीको लामो जाँचपछि वेस्ट ह्यामका डिफेन्डर जिन–क्लेयर टोडिबोले जोआओ पेड्रोको घाँटी समातेको देखिएपछि उनलाई सिधै रातो कार्ड दिइएको थियो।
स्वतन्त्र नियामक आयोगले गरेको छानबिनमा दुवै क्लबले आफ्ना खेलाडीहरूलाई अनुशासित राख्न नसकेको ठहर गरिएको छ। आयोगका अनुसार चेल्सीका खेलाडीहरूले दर्शकलाई उत्तेजित पार्ने प्रयास गरेका थिए भने वेस्ट ह्यामका खेलाडीहरू हिंसात्मक र अपमानजनक व्यवहारमा संलग्न थिए। विशेष गरी कुकुरेलाले फल पछि ट्राओरेलाई जिस्काएर प्रतिक्रिया दिन बाध्य पारेको र त्यसपछि ट्राओरेले अस्वाभाविक बल प्रयोग गर्दा स्थिति नियन्त्रण बाहिर गएको प्रतिवेदनमा उल्लेख छ।
यसअघि पनि यस्तै किसिमका अनुशासनका नियमहरू उल्लंघन गरिसकेका कारण दुवै क्लबलाई कडा कारबाही गरिएको एफएले जनाएको छ। खेलमा २–० ले पछि परेको अवस्थालाई उल्टाउँदै एन्जो फर्नान्डेजको इन्जुरी समयको गोलको मद्दतले चेल्सीले ३–२ को रोमाञ्चक जित निकालेको थियो। तर, सोही गोल लगत्तै भएको यो मुठभेडले दुवै क्लबलाई आर्थिक रूपमा ठुलो झट्का दिएको छ। दुवै क्लबले आफूमाथि लागेको आरोप स्वीकार गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण