कांग्रेसको चुनावी सभा पोखरामा, गण्डकीका सबै क्षेत्रका उम्मेदवार भेला हुने
सारांश
- नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा चुनावी सभा गर्दैछ।
- कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने सभामा १८ वटै निर्वाचन क्षेत्रका उम्मेद्वार सहभागी हुनेछन्।
- सभामा १५ हजारभन्दा बढी मानिस सहभागी हुने कांग्रेसको अपेक्षा रहेको छ।
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले पोखरामा चुनावी सभा गर्ने भएको छ । कांग्रेस कास्कीले पोखराको अमरसिंह चौरमा शुक्रबार सभा आयोजना गर्ने भएको हो । कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने उक्त सभामा गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेद्वारहरु सहभागी हुनेछन् ।
‘सभा कास्कीले आयोजना गरेको हो । तर कास्की गण्डकीको राजधानी जिल्ला हो,’ सभापति किशोरदत्त बरालले भने, ‘सबै क्षेत्रका उम्मेदवार त्यस दिन पोखरा आउनुहुन्छ ।’ सभाको तयारी अन्तिम चरणमा रहेको व्यवस्थापन समिति संयोजक दीपक गुरुङ (माइला)ले जानकारी दिए । उनका अनुसार, आमसभामा करिब १५ हजार सहभागी हुने अपेक्षा कांग्रेसले लिएको छ ।
‘गाउँगाउँबाट करिब १ सयवटा गाडीहरू आमसभामा आउँछन् । अमरसिंह चौरमा मञ्च निर्माणको काम चलिरहेको छ,’ उनले भने, ‘१५ हजार भन्दा बढी सभामा सहभागी हुने अपेक्षा हाम्रो छ ।’
बदलिएको कांग्रेसले विधि र संस्थागत प्रणालीलाई प्राथमिकता, सुशासन, पारदर्शिता र उत्तरदायित्व सहितका विषयलाई प्राथमिकतामा राखेको सभापति बराल बताउँछन् । ‘बदलिएको काँग्रेसले नारामा सीमित नभई परिणाममुखी कार्ययोजना र स्पष्ट दृष्टिकोण जनता सामु प्रस्तुत गर्ने अवसर दिन्छ,’ उनी भन्छन्, ‘हामी देश परिवर्तनको अभियानलाई सशक्त बनाउने दृढ अठोटमा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण