प्रचण्डले भने– अहिलेको निर्वाचनमा कुनै दलको पनि बहुमत आउँदैन
सारांश
- प्रचण्डले निर्वाचनमा कुनै पनि दलको बहुमत नआउने बताए ।
- उनले एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने बताए ।
- प्रचण्डले अतिवादी प्रवृत्तिले निर्वाचन जितेमा देशले दुःख पाउने बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआउने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन प्रणालीका कारण कुनै दलको पनि बहुमत नआउने बताएका हुन् ।
‘अहिले कुनै एक पार्टीको बहुमत आउने सम्भावना देखिएको छैन । निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउने देखिँदैन । यस निर्वाचनमा हाम्रा साथीहरू एकताबद्ध भएर सहभागी भएका छन् । देशभर हाम्रो पार्टीको राम्रो माहौल बन्दै गएको छ’, उनले भने, ‘यस निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । अब एक हप्ता मेहनत गरेमा हाम्रो पार्टी राम्रो पोजिसनमा आउने देखिएको छ । नेकपा मात्र त्यस्तो पार्टी हो पार्टीभित्र समस्या देखिएको छैन । हामीले जिते मात्र राष्ट्रियता, गणतन्त्र र संविधान संशोधन सहज हुने देखेका छौँ ।’
प्रचण्डले अतिवादी प्रवृत्तिले निर्वाचन जितेमा देशले दुःख पाउने बताए । उनले भने– ‘हामी शान्ति प्रक्रियामा आएपछि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछि निर्वाचनमा जस्तो परिणाम आए पनि स्विकार्छौँ भनेका थियौँ । त्यतिबेला राम्रो परिणाम आएको थियो । अहिले हुन लागिएको निर्वाचनमा यही व्यवस्था र संविधानलाई स्विकारेर हुन लागेकाले जस्तोसुकै आए पनि स्विकार्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण