बर्दियामा नेकपा (संयुक्त) का उम्मेदवारलाई नेकपा (माले) को समर्थन
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माले) ले बर्दिया जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
पार्टीको जिल्ला संगठन समितिले जारी गरेको विज्ञप्ति अनुसार प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको अवस्थामा योग्य, देशभक्त, प्रगतिशील तथा वामपन्थी विचारधाराका उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीतिअनुसार उक्त निर्णय गरिएको जनाइएको छ ।
जिल्ला संगठन समितिका अनुसार प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं १ मा इन्द्रबहादुर रावल र क्षेत्र नं २ मा नीता शर्मा उम्मेदवार छन् । उनीहरूलाई सक्षम र योग्य उम्मेदवारका रूपमा समर्थन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले आफ्ना नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई सम्बन्धित चुनाव चिह्नमा मतदान गरी उम्मेदवारहरूलाई विजयी बनाउन अपिल गरेको छ ।
जिल्ला सचिव नर बहादुर बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा वामपन्थी शक्तिबीच सहकार्य र एकताको सन्देशसमेत दिइएको छ ।
यहाँ नेकपा एमालेबाट सालिकराम अधिकारी, नेकपाबाट विष्णुप्रसाद चौधरी, रास्वपाबाट ठाकुर सिंह थारू, नेपाली कांग्रेसबाट सञ्जय गौतम उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण