मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले फ्याक्ट्री खोलेका छन् : गगन थापा

शुक्रबार, १५ फागुन २०८२, १३ : ५४
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • कांग्रेस सभापति गगन थापाले आफूलाई बदनाम गर्न फ्याक्ट्री खोलेको बताए।
  • थापाले सामाजिक सञ्जालमा मात्र नअल्मलिन कार्यकर्तालाई मतदाताको घरघरमा जान आग्रह गरे।
  • उनले पार्टीका नेता कार्यकर्तालाई नौजवानका कुरा सुन्न र नयाँ सङ्कल्पका बारेमा बताउन आग्रह गरे।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले  फ्याक्ट्री खोलेको बताएका छन् । बुटवलमा नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको चुनावी सभामा सभापति थापाले आफूलाई अपमान गर्न ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरेर उपयुक्त समयमा सार्वजनिक गर्ने काम भइरहेको बताए । 

‘केही नयाँ र केही पुराना पार्टीले मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो । त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो जनजातिको बारेमा मैले अपमानजनक शब्द प्रयोग गरे भनेर भिडियोको अगाडीको भाग काटिएको प्रसङ्ग मात्र राखिएको छ,’ थापाले भने । 

उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न नबसी मतदाताका घर–घरमा जान आग्रह गरे । 

‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिन मात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस्,’ सभापति थापाले भने ।

उनले पार्टीका नेता कार्यकर्तालाई नौजवानका कुरा सुन्न पनि आग्रह गरे । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ सङ्कल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टी पङ्क्तिलाई आग्रह गरे ।

सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप