रोजिना प्रधान राईद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औं विश्व सम्मेलन तथा महाधिवेशनका लागि वर्तमान महिला उपाध्यक्ष रोजिना प्रधान राईले खुला तर्फको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
सन् २००७ देखि एनआरएनएका विभिन्न जिम्मेवारीमा रहेर निरन्तर सक्रिय राईले संस्थालाई अझ सशक्त, एकीकृत र उच्चतम स्तरमा पुर्याउने संकल्पसहित खुला उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेको बताइन् । ११ औं महाधिवेशनबाट महिला उपाध्यक्षमा निर्वाचित उनले आफ्नो यो कदम व्यक्तिगत महत्त्वाकांक्षा नभई संस्थाको दीर्घकालीन हित र समृद्धिप्रतिको प्रतिबद्धता भएको स्पष्ट पारेकी छन्।
उम्मेदवारी घोषणा गर्दै राईले संस्थाभित्र देखा परेका चुनौतीहरूलाई आत्मसात् गर्दै बृहत् एकता, पारदर्शिता र संस्थागत सुदृढीकरणको पक्षमा आफू सधैं उभिने बताएकी छन्। महिला उपाध्यक्षको जिम्मेवारीमा रहँदा पनि आफूले लिङ्ग र समुदायभन्दा माथि उठेर समग्र संस्था, नेपाली र नेपालको हितका लागि काँधमा काँध मिलाएर काम गरेको उनले स्मरण गराएकी छन्।
'नेपालका लागि नेपाली' भन्ने संस्थाको मूलमन्त्रलाई आत्मसात् गरेकी राईले आगामी पुस्तालाई लक्षित गर्दै आफ्नो स्पष्ट दृष्टिकोण पनि अघि सारेकी छन्। 'एक पटकको नेपाली सधैंको नेपाली मात्र होइन, विश्वभर छरिएका नेपालीका सन्ततिलाई सम्मानित नेपालीका रूपमा स्थापित गराउने र सुसंस्कृत तथा विकसित नेपाल बनाउने अभियानमा मेरो दृढता छ,' राईले भनिन् ।
आफ्नो यस उम्मेदवारीलाई साझा उत्तरदायित्व र सामूहिक प्रयासको प्रतीकको रूपमा लिएको बताउँदै उनले विश्वभर छरिएर रहेका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग साथ, विश्वास र सहयोगको अपेक्षा गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण