कोही भदौ २४ मा सिंहदरबार जलाउन लगाएर त्यही मौका छोपेर जेलबाट भागे : गगन थापा
सारांश
- गगन थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै भदौ २४ गते सिंहदरबार जलाउने कुरा गरे।
- थापाले अतिवादको विपक्षमा कांग्रेस रहेको र निर्वाचनबाट अतिवादीलाई रोक्न आग्रह गरे।
- उनले कांग्रेसले आफ्नो सम्पत्ति छानबिन गर्ने र गल्ती गर्नेलाई नछोड्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन् । नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २४ गते सिंहदरबार लगायतका सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागेको बताएका हुन् । यद्यपि उनले लामिछानेको नाम भने लिएनन् ।
‘एउटा पक्ष भदौ २४ गते सिंहदरबार लगायतका सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोपी जेलबाट भाग्यो,’ लामिछानेप्रति व्यङ्ग्य गर्दै थापाले भने, ‘त्यो अतिवाद हो । कांग्रेस त्यस्तो अतिवादको पक्षमा छैन ।’
उनले एक पक्ष भदौ २३ अघि केही पनि भएको छैन भन्ने र अर्को पक्ष भदौ २४ गते सिंहदरबार लगायतका सरकारी सम्पत्ति जलाएपछि परिवर्तन हुन्छ भन्ने अतिवादी रहेको र त्यो पक्षमा कांग्रेस नरहेको सभापति थापाले बताए ।
थापाले अब मुलुकले यो भन्दा बढी अतिवाद थेग्न नसक्ने बताउँदै अतिवादीलाई निर्वाचनबाट ठुलो शक्ति हुन नदिन आग्रह गरे ।
कांग्रेस बदलिएर र सङ्कल्प गरेर आएकाले जे भन्छ त्यो पूरा गर्ने बताए । कांग्रेसले ०४६ सालपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवा र मन्त्री भएका गगन थापाको पनि सम्पत्ति छानबिन गर्ने थापाले बताए । गल्ती गरेको भए परिवारकै मान्छे भए पनि नछोड्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण