बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने

शुक्रबार, १५ फागुन २०८२, १७ : ११
शुक्रबार, १५ फागुन २०८२

काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले शनिवार काठमाडौंको खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा आयोजना गर्ने भएको छ । पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनलक्षित प्रतिवद्धता सभा गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रचारप्रसार समितिका संयोजक तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार श्रीराम गुरुङले पार्टीका प्रतिवद्धताहरुलाई जनतालाई बुझाउनको लागि सभा गर्न लागिएको जानकारी दिए । सभामार्फत मुलुकको विकासको स्पष्ट रोडम्याप सार्वजनिक गरिने दाबी गरे ।

मुलुकलाई भाषण नभई परिणाम चाहिएको गुरुङको भनाइ छ । अध्यक्ष घिसिङको प्रमुख आतिथ्यमा हुने सभामा ऊर्जा विस्तार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र राष्ट्रिय विकासका ठोस योजना सार्वजनिक गरिने गुरुङले जानकारी दिए । उनले सभामा उपस्थित भई पार्टीका प्रतिवद्धताहरु बुझ्न र अरुलाई समेत जानकारी दिई सहयोग गर्न अपिल गरे । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप