नवलपरासी पूर्वमा मतदान अधिकृतलाई प्रशिक्षण
सारांश
- नवलपरासीमा मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचनका लागि प्रशिक्षण दिइयो।
- क्षेत्र नं १ र २ मा खटिने कर्मचारीलाई तालिम दिइने कुरा लालप्रसाद भुसालले बताए।
- जिल्लामा ३१२ मतदान केन्द्र कायम गरियो, निर्वाचन सामग्री आइपुग्यो।
नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित कुल एक हजार ८६९ जना कर्मचारी परिचालन गरिने तयारी गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट छनोट गरिएका कर्मचारीलाई बिहीबार प्रशिक्षण दिइएको छ भने क्षेत्र नं २ का कर्मचारीलाई शुक्रबार तालिम दिइने जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए ।
“निर्वाचन कार्यतालिका अनुसार क्षेत्र नम्बर १ मा १५७ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ”, उनले भने, “क्षेत्र नम्बर २ मा १५४ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृतलाई तालिम दिइनेछ ।”
दुवै क्षेत्रमा १० प्रतिशत कर्मचारी जगेडासहित कुल एक हजार ८६९ जना कर्मचारी परिचालन गरिने प्रमुख भुसालले जानकारी दिए ।
“तालिममा मतदान केन्द्र सञ्चालन, मतपत्र प्रयोग गर्ने विधि, बदर मत न्यूनीकरणका उपाय, मतगणना प्रक्रिया तथा आकस्मिक व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक दुवै प्रकारको प्रशिक्षण दिइएको छ”, उनले भने ।
जिल्लामा एक अस्थायी मतदान केन्द्रसहित कुल ३१२ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिकालगायत सबै सामग्री जिल्लामा आइपुगेको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार पाँच सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा आठ जना र पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा सात जनाका दरले कर्मचारी खटाइनेछ ।
“फागुन १८ गतेसम्म सबै निर्वाचन कर्मचारी आवश्यक सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा पुगिसक्ने व्यवस्था मिलाइएको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण